हिउँमा कठ्याङ्ग्रिका दाजुभाईको उद्धारः भाईको मृत्यु, दाजु बाँचे


नेपाल समाचारपत्र, जुम्ला ।
जील्लाको सिँजा गाउँपालिका–६ जोडुका २७ वर्षीय शिवचन्द्र बुढाको हिउँमा कठ्याङ्ग्रिएर मुत्यु भएको छ । उनीसँगै हिउँमा कठ्याङ्ग्रिएर अचेत उनका दाजु बाँचे बुढाको सकुशल उद्धार गरिएको छ ।

मंगलबार बिहानबाट जुम्लामा परीरहेको भारी बर्षा र हिमपातका कारण लेकको बाटो हिँड्दै गरेका दाजुभाइ चिसोले कठ्याङ्ग्रिएर अचेत अवस्थामा पुगेपछि एकजनाको बाटोमै मृत्यु भएको हो । मंगलबार साँझ बेपत्ता दाजुको उद्दार गरिए पनि मृतक भाइको भने बुधवार मध्यान्ह १२ बजे मात्रै शव भेटिएको थियो ।

दुवै दाजुभाइ जुम्लाको पातारासी गाँउपालिकास्थित पट्माराबाट राडीपाखी किनेर डाँफे लेक हुँदै सिंजाको जोडु गाउँतर्फ जाँदै गरेको स्थानीयले बताएका छन् ।

शव भेटिएको स्थानमा करिब २ फिट बाक्लो हिउँ जमेकाले शव लैजान अप्ठ्यारो भएपछि घटनास्थलमै मृतकको दाहसंस्कार गरिएको उनका आफन्तीले जानकारी दिए ।

यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।