आफ्नै छोरी बेचेको आरोपमा बाबुसहित ३ जना पक्राउ


नुवाकोट  । आफ्नै छोरीलाई बेचेको आरोपमा बाबुसहित ३ जना पक्राउ परेका छन् । जिल्लाको दूर्गम क्षेत्र दुप्चेश्वर गाउँपालिका–६ समुद्रटारकी १५ वर्षीया बालिका बेचेको आरोपमा उनकै बुवासहित दुप्चेश्वर गाउँपालिका का २२ वर्षीय सुनिल तामाङ र ३१ वर्षीय लक्ष्मी नेपालीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

आफ्नी छोरीलाई भारतमा यौन व्यवसायीको रुपमा लगाउने उद्धेश्यले बेचेको आरोपमा बाबुसहित घटनामा संलग्न तीनजनालाई पक्राउ गरेर मुद्धा चलाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले बताए ।

गएको पुस २२ गते घरबाट बालिकालाई काठमाण्डौ हुँदै भारतको दिल्ली पुर्याएको प्रहरीले जनाएको छ । दिल्लीबाट उद्धार गरी पीडित बालिकालाई नेपाल ल्याएपछि उनको उजुरीको आधारमा आरोपितहरुलाई पक्राउ गरिएको हो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।