देशका अधिकांश क्षेत्रमा पानी पर्ने सम्भावना


काठमाडौँ । देशका विभिन्न भूभागमा मंगलबार पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी क्षेत्रका अधिकांश स्थानहरुमा तथा मध्य र पूर्वी क्षेत्रका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

पश्चिमी भूभागमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागमा सामान्य बदली रहने मौसमविदको भनाई छ । साथै पश्चिमी र मध्य क्षेत्रका उच्च पहाडी भूभागका अधिकांश स्थानहरु र पूर्वी हिमाली भेगका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मंगलबार बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.६ डिग्री मापन भएको छ भने धनगढीमा १४ र नेपालगञ्जमा १४.६ डिग्री सेल्सियस न्यूनतम तापक्रम रहेको महाशाखाले जनाएको छ । सबैभन्दा कम डडेल्धुरामा ०.१ डिग्री सेल्सियस न्यूनतम तापक्रम रहेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।