प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल अस्पताल भर्ना हुनुभएको छ ।  केही दिनदेखि ज्वरो र खोकीले ग्रसित हुनुभएकी दाहाल आइतबार बिहान सुमेरु अस्पतालमा भर्ना हुनुभएको हाे  ।

उहाँकाे डा. युवराज शर्मालगायतको टोलीले उपचार शुरु गरेको छ । सीता दाहाल लामो समययता सुगर, प्रेसरलगायतका समस्याबाट ग्रसित हुनुहुन्छ । केही समय पहिले प्रचण्डले पत्नी सीतालाई सिंगापुर,  दिल्ली र नेपालकाे  विभिन्न अस्पतालमा उपचार गराउदै आउनुभएकाे छ।

 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।