सचिव कुट्ने मन्त्रीलाई कारबाहीको माग राख्दै ज्ञापनपत्र

0
Shares

किरन धामी, दार्चुला ।
प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवलाई कडा कारबाहीको माग राख्दै नेपाल निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन दार्चुलाले प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकार गृह मन्त्रालयलाई ज्ञापन बुझाएको छ ।

मन्त्री यादवले सचिव माथि कुटपिट गरेको विरोध गर्दै कारबाहीको माग गर्दै ज्ञापन बुझाएको हो । साथै कर्मचारीहरु हातमा कालोपट्टी बाधि आन्दोलित भएका छन् । मन्त्री यादवले प्रदेश नं. २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई कुटपीट गरेका थिए ।

सचिव माथि मन्त्रीले गरेको निर्घात कुटपिटको घटनालाई लिएर नेपाल निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन दार्चुलाले ज्ञापन मार्फत सरकारलाई ध्यानाकर्षण समेत गराइएको छ । कर्मचारी माथि डर, धम्की, कुटपिट तथा ज्युज्यानकै जोखम बढेको भन्दै कर्मचारीहरुले ध्यानाकर्षण भएको जनाएका छन् ।

सचिव जस्तो मर्यादित र विद्धान प्रदेश वनक्षेत्रको पुर्ण जिम्मेवारी बोकेको, प्रदेश वनक्षेत्रका सम्पुर्ण कर्मचारीको अभिभावक माथि भएको निर्घात कुटपिटले तल्लो तहका कर्मचारीहरुको मनोबल दिनानुदिन घटदै गएको छ ज्ञापनमा भनिएको छ ।

गृह जिल्लामै हुने यस्ता अपराधिक कार्यले हामी कहाँ र कसरी सुरक्षीत हुने ? सुरक्षित महशुस नगरी कसरी सेवा प्रवाह गर्ने ? ज्ञापनमा उल्लेख गरीएको छ । साथै व्यक्तिगत जिउधनको रक्षा, सार्वजनिक सम्पत्तिको सुरक्षा, चुस्तदुरुस्त सेवा प्रवाह तथा पार्दशि कार्यस्थलको व्यवहारीकतालाई यथार्थमा परिणत गरी समृद्ध नेपाल निर्माणको लागी ध्यानकर्षण गराउने ज्ञापन बुझाइएको जनाइएको छ ।

साथै आगामी दिनमा यस्ता समाजिक एवं सार्वजनिक अपराधका घटना हुन नदिन, व्यक्तिगत सुरक्षाको नैसर्गिक अधिकारको सुनिश्चितता प्रदान गर्न, हरेक नागरीकको सम्मानजनक जीउन पाउने संवैधानीक हकको सुनिश्चितताको प्रत्याभुति दिलाउदै कानुनलाई खुट्टामा कुल्चने जो सुकैलाई कानुनको दायरामा ल्याई कारबाही गर्न ज्ञापन मार्फत जोडदार माग गर्दछौ ज्ञापनमा भनिएको छ ।

आफुहरूका माग सम्बोधन नभए चरण बद्धरुपमा आन्दोलनमा उत्रिने कर्मचारीहरुले चेतावनी दिएका छन् ।

Skip This