भरतमोहनको स्वास्थ्यमा सुधार हुँदै


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्यमा सुधार भएको छ ।
गएको सोमबार अचानक छातीमा समस्या देखिएपछि मेडिसिटी अस्पतालको आइसियूमा भर्ना भएका अधिकारीको स्वास्थ्यमा सुधार देखिएपछि शुक्रबार नर्मल बेडमा सारिएको छ ।

‘स्वास्थ्यमा धेरै समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो, परीक्षणका क्रममा छातीमा समस्या देखिएकाले चिकित्सकको सुझावअनुसार चार दिन आइसीयूमा उपचार भएको उनका स्वकीय सचिव महेश बिष्टले नयाँ पत्रिकासँग भनेका छन् ।

लामो समयदेखि दम र प्रेसरका साथै पिसाबमा समस्या देखिएका अधिकारी ललितपुरस्थित निवासमै आराम गर्दै आएका थिए । अहिले चिकित्सक राजेन्द्रप्रसाद रिजाल नेतृत्वको टोलीले उपचार गरिरहेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।