डेढ वर्षदेखि रोकिएको जमिन कित्ताकाट खुल्यो

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
करिब डेढ वर्षदेखि रोकिएको जग्गाको कित्ताकाट खुला गरिएको छ। गत वर्ष साउनदेखि बन्द भएको कित्ताकाट शुक्रबारबाट खुला भएको हो।

सम्बन्धित स्थानीय तहले खेतीयोग्य जग्गा होइन भनेर सिफारिस गरेपछि जग्गा कित्ताकाट गर्न पाइने भूमि ब्यवस्थामन्त्री पद्मा अर्यालले जानकारी दिइन् ।रोक्का गर्दा ब्यबहारिक कठिनाइ भएको र बिभिन्न विकृति भएका कारण जग्गा कित्ताकाट खुला गर्नुपरेको मन्त्री आर्याले प्रष्ट पारिन ।

२०७४ साउन २६ मा जग्गा खण्डिकरण रोक्न गरेको निर्णय खारेज गरिएको मन्त्रालयले जनाएको छ ।

Skip This