राजदूत लक्की शेर्पालाई राजीनामा गर्न सिफारिस

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई राजीनामा गर्न सिफारिस गरेको जानकारी दिएका छन्।

सरकारको नियमित पत्रकार सम्मेलनमा बाँस्कोटाले लक्की शेर्पाको विषयमा छानबिन गर्न परराष्ट्र मन्त्रालयले बनाएको छानबिन समितिको प्रतिवेदन प्राप्त भैसकेको उल्लेख गरे। शेर्पामाथि मानव तस्करी गरेको आरोप लागेको थियो।

शेर्पा कुटनीतिक व्यक्ति मात्र नभएर राजनीतिक सम्बन्धता भएको व्यक्ति भएकाले राजनीतिक नेतृत्वले गम्भीरतापूर्वक लिएको बाँस्कोटाले जानकारी दिए ।

Skip This