प्रधानमन्त्री ओली र जापानी विदेशमन्त्री तारोबीच भेटवार्ता


काठमाडौं ।  प्रधानमन्त्री केपी ओली र जापानी विदेशमन्त्री तारो कोनोबीच शिष्टचार भेटवार्ता भएकाे छ । बिहिबार विहान प्रधानमन्त्री केपी ओली निवास बालुवाटारमा भएको भेटवार्ता भएकाे हाे । भेटवार्तामा जापान –नेपाल सिधा हवाई सेवा सञ्चालनका बिषयमा कुराकानी भएको छ ।

प्रधानमन्त्री ओली र विदेशमन्त्री कोनोबीच नेपाली कामदार लाग्ने विषयमा पनि छलफल भएको छ । भेटवार्ताका क्रममा विदेशमन्त्री कोनोको जन्मदिनको अवसरमा प्रधानमन्त्री ओलीले शुभकामना दिनुभएको छ । विदेशमन्त्री कोनोले केहीबेरमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टचार भेटवार्ता गर्नुहुनेछ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।