राष्ट्रिय अनुसनधान बिभागका प्रमुख हटाइए


काठमाडौ । राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मीलाई सरकारले कार्यकाल सकिनु अघि नै हटाएको छ ।
सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले रेग्मीलाई हटाएर नयाँ प्रमुखमा विभागकै एआईजी गणेश अधिकारीलाई नियुक्त गरेको बताइएको छ। नवनियुक्त प्रमुख अधिकारीले सोमवार साँझ नै पदभार ग्रहण गरेको बताइएको छ । हटाइएका रेग्मीको कार्यकाल अझै पाँच महिना बाँकी रहेको थियो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।