चन्द्रागिरीमा हिउँ हेर्न जानेकाे भिड (फाेटाे फिचर)



काठमाडाैं । हल्का वर्षा भएसङ्गै उपत्यका आसपास अहिले हिउँ परिरहेको छ । ललितपुरको फुल्चोकी, लेलेको कोटडाडा, काठमाडौको चन्द्रागिरी र शिवपुरी क्षेत्रमा अहिले हिउँ परिरहेको छ । चन्द्रागिरीमा हिउँ हेर्न जानेकाे भिड बढेकाे समाचारपत्रकर्मीले जानकारी दिएका छन ।

सोमबार बिहानैदेखि मौसम बदली भइरहेको छ । मौसममा बदली आएसङ्गै उपत्यकामा बिहान ८ बजेदेखी हल्का वर्षा भइरहेको छ, वर्षासङ्गै उच्च पहाडी भेगमा हिउँ पर्न थालेको हो ।

यसैगरी सोमबार मौसम बदलिसङ्गै उच्च हिमाली भेगमा हिमपात भइरहको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्