नुवाकोटको गेर्खु ढाडखाेलाकाे सुख्खा पहिराेमा तीन जना पुरिए, उद्धार कार्य जारी


नुवाकोट । नुवाकोट जिल्लामा सुख्खा पहिरोमा तीन जना पुरिएका छन । जिल्लाको विदुर नगरपालिका वडा नम्बर १० गेर्खुमा पहिरोमा परि तीन जना पुरिएका हुन । प्रहरीका अनुसार ढाडखोलाको सुख्खा पहिरोमा पुरिएकाहरूको खोजीकार्य जारी रहेको छ ।

पुरिएका मध्ये २ जनाको जीवितै उद्धार गरी उपचारका लागि त्रिशुली अस्पतालमा लगिएको छ । एक जना भने अझै पहिरोमा हराइरहेका छन । जीवितै उद्धार गरिएकाहरूको पनि स्वास्थ्य अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।