यसरी मनाइयो छैठौं नेपाली टोपी दिवस (तस्विरसहित)

0
Shares

ज्ञानमणि नेपाल कालोटोपी, काठमाडौं ।
जागरुक युवा अभियान नेपालले बिगतका बर्षहरुमा झैँ यसबर्ष पनि अन्र्तराष्ट्रिय नेपाली टोपी दिवस भव्यरुपमा मनाएको छ ।

अभियानले बिगत ५ बर्ष देखि अंग्रेजी नयाँ बर्ष अर्थात जनवरी १ का दिन अन्तराष्ट्रिय नेपाली टोपी दिवस मनाउदै आएको हो । यसवर्ष पनि छैठौं अन्र्तराष्ट्रिय टोपी दिवसको अवसरमा आयोजक जागरुक युवा अभियान नेपालले काठमाडौँको माइतीघर मण्डलामा भेला भई प्रभातफेरी कार्यक्रम गरेको थियो ।

प्रभातफेरी कार्यक्रम त्यहाँबाट नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो । कार्यक्रममा सबै उमेर समुहका कलाकार, विद्यार्थी, विभिन्न पेशाकर्मीहरुको उल्लेख्य सहभागिता रहको आयोजकले जनाएको छ । यस्ता कार्यक्रमले लोप हुने अवस्थामा पुगेको राष्ट्रियतालाई उजागर गर्न प्रेरित गर्ने सहभागी कलाकार शुभेक्षा थापाले बताइन् ।

अंग्रेजी नयाँ बर्ष मनाउनु नराम्रो कुरा होइन तर यसलाई नेपालीपन झल्किने गरी मनाउन सके यसको थप महत्व झल्किन्छ कि भन्ने उद्देश्यले यसै दिन नेपाली टोपी दिवस मनाउन सुरुवात गरिएको जागरुक युवा अभियान नेपालका संयोजक घनश्याम श्रेष्ठले बताए ।

यस संस्थाले यसवर्ष सबैभन्दा ठूलो आकारको नेपाली टोपी प्रर्दशन गरेको थियो । कार्यक्रमको मुख्य आकर्षकको रुपमा रहेको टोपी सांकेतिक टोपी थियो ।

तस्विरहरु