काठमाडौं । संसदको सार्वजनिक सुनुवाई समितिमा प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरामाथिको सुनुवाई सकिएको छ ।
समितिले केहिबेरमै जबरामाथिको सुनुवाइमा आफ्नो धारणा बनाउँदै निर्णय सार्वजनिक गर्ने जनाइएको छ । उनले सुनुवाईका क्रममा समितिका सदस्य सांसदहरुले गरेका प्रश्न तथा उनीमाथि लगाइएका आरोप तथा उजुरीहरुबारे आफ्नो प्रतिक्रिया दिएका थिए ।
सुनुवाईका क्रममा उनले समितिका सदस्यहरुलाई आश्वस्त पादै भने, ‘आफैंले आफ्नो अनुहार कोतरेर घाउ बनाएर जाने छैन ।’ समितिबाट अस्वीकृत न्यायाधीश दीपकराज जोशीले जाथाभावी आदेश गरेको भन्दै योगेश भट्टराईले उठाएको प्रश्नको जवाफ दिंदै उनले संसदीय समितिका यसअघिको निर्णयलाई कार्यान्वयन गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।
यस्तै जुवा, प्रेरणा र छप्कैया पोखरीको मुद्दाका बारे जवाफ दिँदै उनले कुनै पनि मुद्दामा आफ्नो बदनियत नरहेको दाबी गरेका थिए । सर्वोच्च अदालतका प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अदालतमा आजै अन्तिम दिन हो । उनी आजबाट उमेर हदका कारण अवकाश प्राप्त गर्दैछन् ।











प्रतिक्रिया