कालीगण्डकी काेरिडाेरमा नेपाली सेनाले निर्माण गरेकाे पुल अज्ञात समूहले भत्कायाे


बाग्लुङ । नेपाली सेनाले बनाएको कालीगण्डकी कोरिडोरको छोरेलौंवा खोलाको पुल तोडफोड भएको छ। जैमिनी नगरपालिका–७ जैदी स्थित यो खोलाको पुल सोमबार राति अज्ञात समूहले फोडेको स्थानीयले बताए ।

गत असारमा सेनाले निर्माण सकेर तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले उद्घाटन गरेका थिए । क्षेत्रीको नामसहितको विवरण राखिएको शीलालेख र केही संरचना फुटाएकाे भेटिएको जैमिनी नगरपालिकाका उपप्रमुख लिला रानाले बताए ।

तोडफोड गर्ने समूहको खोजी भैरहेको प्रहरी उपरिक्षक दिपक रेग्मीले बताए। कोरिडोर सेनाले निर्माण गरिरहेको छ। बिना कारण भौतिक संरचनामा तोड फोड भएको भन्दै उप प्रमुख लिला रानाले दोषीको खोजी गरी तत्काल कारवाही गर्नुपर्ने बताए ।

‘हामीले प्रहरीलाई खवर गरेका छौं’ रानाले भने ‘तत्काल दोसि पत्ता लगाएर कारवाही गरीनु पर्छ’ शिलालेख र त्यसको आसपारमा सिमेन्टले बनाइको पुलको केहिभाग फुटेको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।