समायोजनको विरोध गर्ने कर्मचारीलाई साइबर क्राइम मुद्दा

0
Shares

काठमाडौं  । कर्मचारी समायोजनको विरुद्धमा अबाञ्छित गतिविधिमा संलग्न कर्मचारीविरुद्ध सरकार कडा रुपमा प्रस्तुत भएको छ । समायोजनको विरोधमा सामाजिक सञ्जालमा मन्त्रि तथा सरकारविरुद्ध जभाभावी लेख्ने कर्मचारीलाई बिद्युतीय कारोबार ऐनअनुसार कारबाही गर्ने चेतावनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

मंगलबार प्रेस बिज्ञप्ती जारी गरि मन्त्रालयले अनुशासनहिन कर्मचारीको अभिलेख राखिएको मन्त्रालयले जनाएको छ । ‘माननीय मन्त्रीज्यू, श्रीमान सचिवज्यू लगायतलाई पद, वर्ण, जात, समुदाय तथा सम्प्रदायलाई समेत जोडेर सामाजिक सञ्जालमा गैर जिम्मेवारपूर्ण, अनुशासन र आचरणविपरीत अभिव्यक्ति राख्ने राष्ट्रसेवक कर्मचारीहरुले यस मन्त्रालयले अभिषेल राखेको सूचित गरिन्छ ।’ त्यस्ता कर्मचारीलाई बिद्युतीय कारोबार ऐनअनुसार कारबाही गरिने प्रवक्ता सुरेश अधिकारीले बताए ।

समायोजनको विरोधमा कर्मचारीहरुले सिंहदरबारभित्रै आन्दोलन गर्ने तथा सामाजिक सञ्जालमा गाली गलौच गरिरहेका छन् ।