सुप विश्वविद्यालय नियुक्ति प्रकरणः प्रिन्सिपलको भित्री रहस्य के ?

0
Shares

मनोज भट्ट, महेन्द्रनगर ।
विभिन्न विवाद नै विवादले ग्रसित सुदूर पश्चिमाञ्चल विश्वविद्यालयमा प्रिन्सिपलको पद समेत विवादित ढंगले राखिएको खुल्न आएको छ । डा. भुपेन्द्र बिष्ट सुदूर पश्चिमाञ्चल विश्वविद्यालयमा प्रिन्सिपल हुनु पुर्व कोहि पनि प्रिन्सिपल थिएनन् । वि.स. २०६९ साल देखि वि.स. २०७३ साल सम्म बिष्ट सेवा आयोगका सदस्य रहेका थिए ।

भिम आचार्य अध्यक्ष रहेको बेला डा. बिष्ट सेवा आयोगका सदस्य थिए । सेवा आयोगको सदस्य पद भनेको श्रेणीका आधारमा रजिस्टार भन्दा पनि ठुलो हुन्छ । वि.स. २०७३ सालमा सेवा आयोग बाट रिटायर्ड भए पछि बिष्टका लागि नै प्रिन्सिपलको पद किन सिर्जना गरियो त ? रिटायर्ड भएको तीन महिना पछि डा. बिष्टका लागि प्रिन्सिपलको पद आखिर किन लोपलाग्दो भयो ? आफुलाई झन तलझार्ने गरि पदीय मर्यादा नै भुलेर वा बिर्सेर प्रिन्सिपल पद रोज्नु पर्ने किन भयो ? जो कि प्रिन्सिपल पद त डीन भन्दा पनि तल्लो श्रेणीमा पर्दछ ?

सेवा आयोग बाट रिटायर्ड भएको तीन महिना पछि डा. बिष्टका लागि प्रिन्सिपलको पद लोपलाग्दो किन ? श्रेणीगत मर्यादा नै भुलेर प्रिन्सिपल पद रोज्नु पर्ने किन ?

आखिर भीसिको पदका लड्नु पर्ने मान्छे प्रिन्सिपल पदको जालो बिच्छाउन तिर लाग्नु नै डा. भुपेन्द्र बिष्टका लागि आफैमा ठुलो भुल थियो । सेवा आयोग जस्तो मरिमामय पदीय जिम्मेवारीबाट रिटायर्ड भए पछि प्रिन्सिपल पद सिर्जना गराइएर पदीय जिम्मेवारी सम्हाल्ने बेला नै बिष्टको मनमा कुनै कालो दाग रहेको हुनसक्ने प्राध्यापक खगेन्द्र जोशीले बताए ।

सुदूर पश्चिमाञ्चल विश्वविद्यालयमा प्रिन्सिपल पद नहुँदा डीनहरुको कोर्डिनेसनमा बिभागिय प्रमुखहरुले विश्वविद्यालय राम्रो संग चलिरहेको शिक्षा संकायका पुर्व बिभागिय प्रमुख शिलनिधी चन्दले बताए । ‘हुन त सुरुदेखि नै राजनीतिक भागबण्डा त थियो । तर त्यतिबेला प्रकृयामा गएर नै दक्षलाई प्राथमिकतामा राखिन्थ्यो । अहिले त प्रिन्सिपल बिष्टले एकलौटी रुपमा रातारात नै नियुक्त गरे ।’
विज्ञापन खोलेर सेवा आयोग बाट परिक्षा लिए पछि मात्र उच्चतम अंकका आधारमा व्यक्तिलाई शिक्षक तथा कर्मचारी पदमा नियुक्त गर्नु पर्ने नियमावलीमा प्रष्ट लेखिएकोे छ । शिक्षक तथा कर्मचारीलाई दैनिक ज्यालादारीमा राख्दा सेमेत बिज्ञापन खोलेर सेवा आयोग मार्फत नै नियुक्ति दिइन्छ । सेवा आयोगको सदस्य पदमा चार बर्षे कार्यकाल बिताएर पनि डा. बिष्टले प्रिन्सिपल पदमा आउदा सबै नियमावलीहरुलाई कुल्चेको देखिन्छ ।

सेवा आयोगको अहिले अध्यक्ष पदमा रहेका रामप्रसाद घिमिरे र सदस्य डा.मुरारी सिंहले सुप विश्वविद्यालयमा कुनै पनि किसिमको शिक्षक तथा कर्मचारी आवश्यकता रहेको कुरा जानकारी नभएको बताए ।

प्रिन्सिपलको पद सम्हाले देखि नै डा. भुपेन्द्र बिष्टले जिम्मेवारी बहन नगरेको तथा सधै केटाकेटीपन अर्थात अपरिपक्कता देखाएको पुर्व विभागिय प्रमुख समेत रहेका खगेन्द्र जोशीले बताए । शिक्षक तथा कर्मचारी पदमा नियुक्त गरिएका २८ जनालाई नाटकिय ढङ्गले ह्वाइट पेपरमा नियुक्ति दिइएको र खारेज पनि नाटकिय ढङ्गले गरिएको जोशीको तर्क छ । प्रिन्सिपल बिष्टमा परिपक्कता नभएकोले उनको हैसियतले अब नभ्याउने र उनले विश्व विद्यालय चलाउन नसक्ने समेत जोशीको दाबी छ ।