राष्ट्रिय टोपी दिवसः विभिन्न कार्यक्रमको आयोजना

0
Shares

काठमाडौं । ‘नेपाली टोपी नेपाली पहिचान, यही हो हाम्रो राष्ट्रिय अभियान’ भन्ने मूल नाराका साथ राष्ट्रिय टोपी दिवस आज विविध कार्यक्रम गरी मनाइँदै छ। राष्ट्रिय टोपी दिवसको अवसरमा राजधानी लगायतका ठाउँहरूमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।

शताब्दीऔं देखि प्रयोग भैरहेका बिभिन्न प्रकारका नेपाली टोपीहरुको प्रयोगलाई अझै व्यापक र विश्वमय बनाउने उद्देश्यले २०१४ जनवरी १ बाट संसारभर अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन थालिएको छ । यद्यपी नेपालमा भने सन् २००८ देखि मनाउन थालिएको हो ।

१ जनवरीका दिन आ–आफ्नो आफ्नो स्थान र अवस्था अनुसार नेपाली टोपी लगाइ, फोटो खिचेर नेपाली टोपी दिवसको   सामाजिक संजालबाट शुभकामना दिने प्रचलन बढेको छ ।

Skip This