हत्यारा पक्राउ



रबाट,(एजेन्सी)
दुई जना युरोपेली पर्यटकको हत्याकाण्डमा संलग्नता रहेको आशंकामा आइतवार मोरोक्कोमा स्विजरल्यान्ड र स्पेनको दोहरो नागरिकता लिएका एकजना व्यक्तिलाई प्रहरीले गिरफतार गरेको छ ।

नाम नखुलाइएका ति आशंकित व्यक्तिलाई मार्राकेस शहरबाट गिरफतार गरिएको स्थानिय संचार माध्यमले जनाएको छ । उनी माथि आतंककारी आक्रमण योजना सफल बनाउन मोरोक्कोवासीहरुलाई भर्ति गरेको अािभयोग पनि लगाइएको छ । डिसेम्वरमा डेनमार्कका २४ वर्षिया लुइसा भेस्टेरेजर जेस्पर्सन र नर्वेका २८ वर्षिय म्यारेन युल्यान्डको मोरोक्कोमा हत्या भएके थियो । तिनीहरुको शव हाइ एटलस पहाडमा फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्