होलाङदी–ढुंगाखानी सडक वाइपासको विरोध, जग्गा बचाउने कि व्यापार

0
Shares

कविराज नेपाल, पाल्पा ।

केही दिन यता पाल्पाका व्यवसायीहरु चिन्तामा छन । कतिसम्म भने उनीहरु व्यापार व्यवसाय बन्द गरेर आन्दोलन गर्न समेत तम्सिएका देखिन्छन कारण हो यहाको वाइपास रोड ।

वुटवल र पश्चिम गुल्मी अर्घाखाँचीबाट छुटेका गाडीहरु यस अघि जिल्ला सदरमुकाम तानसेन भएर आउने जाने गरेकोमा अब तानसेन नपसी सिधै गन्तव्य तर्फ जान लागेकोमा यहाका व्यापारीले विरोध गरेका हुन ।

वाइपासका कारण तानसेनका व्यापारी, व्यवसायीहरु विस्तापितहुनुपर्ने अवस्था सिर्जना भएको भन्दै व्यापारीहरुको छाता संगठन पाल्पा उद्योग वाणिज्य संघ र पाल्पा व्यापार संघले आपत्ति जनाएको छ ।

पाल्पा उद्योग वाणिज्य संघले यस विषयमा सरोकारवालाको पटकपटक ध्यानाकर्षण गराउदै आएको र मागमा सुनुवाइ नभए गएको सोमवार(पुष ९) देखि साँकेतिक रुपमा तानसेन वन्द गरेर यसको विरोध गर्ने जनाएकोमा फेरी यही पुष १२ गते सम्मका लागि विषेष कारण भन्दै आन्दोलन स्थगित भएको पछिल्लो विज्ञप्ति मार्फत जनाएको छ ।

संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले वाइपासको वाटो भएर गाडी ओहोरदोहोर गर्दा यहाको व्यापार व्यवसाय धरासायी हुने भन्दै विरोध गरेको वताउछन । उनको भनाइ छ –‘ तानसेन आउन र जान चाहने सवारी साधनलाई रोक लगाउनु हुदैन । ’

व्यापारीहरुले नै वसपार्क वरिपरि र यहाको वजार क्षेत्रमा सडक विभागको मापदण्ड अनुसार वाटो चौडा वनाउदा आफ्नो घर घडेरी जाने डरले विकल्पका रुपमा बाइपासको बाटो देखाएका थिए । जस अनुसार लामो समय पछि यो वाटोमा सवारी साधन केही समय पठाइको थियो तर यसले झन समस्या ल्याइदियो । सवारी साधन होलाङ्दी हुदै कुदन थाले अनि व्यापारी समस्यामा परे कारण व्यापार सून्य जस्तै भयो त्यसैले अहिले आएर विकल्प देखाउनेहरु नै भन्न थालेका छन – ‘यही वाटो प्रयोग गर्नुपर्छ ।’

तानसेन बजार हुदै गुल्मी, अर्घाखाची, बाग्लुङ लगायतका क्षेत्रमा चल्ने सवारी साधनहरू केही समय होलाङदी ढुंगाखानी बाइपास जान थाल् पछि वल्ल यहाका व्यापारीको चेत खुलेको वुद्धिजिवीहरुको भनाइ छ । उनीहरु भन्छन –‘पहिले सिद्धार्थ राजमार्ग तानसेन भएर पोखरा जान लाग्दा तिनै व्यापारीले घर घडेरी जाने र विकृति देखिने भन्दै विरोध गरे अहिले सम्म पछुताइ रह्ेक्ँ छन अहिले घरघडेरीको लोभमा विकल्प सारेर अघि वढन खोज्दा केही दिनमै पछुताउ गर्नुप¥यो । ’

हामीले किन धुलो खाने ः
केही समय पहिले वाइपास सडक निर्माणको क्रममा आफ्नो सम्पत्ति (घर जग्गा) सरकारी मूल्यमै प्रदान गरेका धरमपानी वन्दीपोखराका वासिन्दा भने तानसेनको वजार विस्तार हुने र पिछडिएको अवस्थामा रहेको यस क्षेत्रको व्यापार फष्टाउने आशमा वाइपासमा सहमति दिएको तर अहिले आएर केवल मालवाहक ट्रक र ढुङ्गा वोक्ने टिप्पर मात्रै चल्ने भने पछि आक्रोशित छन उनीहरु भन्छन–‘व्यापार गरेर नाफा र फाइदा खाने तानसेनका व्यापारी धुलो खाने हामी ।
’ स्थानीय वासिन्दा हरि कार्कीले साना सवारी साधन र वस अनि जीप तानसेनको वाटो पठाएर धुलो खुवाउने कुरा स्थानीयलाई सह्य नहुने वताउँछन ।

तर यस भनाइ प्रति व्यापारीको भने फरक धारणा छ । पर्यटकीय ऐतिहासिक नगरी तानसेनको व्यापार व्यवसाय संघीय संरचनासगै खस्कदै गएको र त्यसमा पनि वाइपासले झनै व्यवसायी पलायन हुनुपर्ने अवस्था आएकोले वाइपासको विरोध गरेको पाल्पा व्यापार संघका अध्यक्ष चिरञ्जीवी पोखरेलले बताए ।

पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले पनि वाइपास मार्ग प्रयोग गर्दा यहाको व्यापार व्यवसायमा प्रत्यक्ष असर पर्ने भएकाले विरोध गरेको वताए । उनले संघीयता अनुसार गाउमा मुकामहरु हुदा त्यसै पनि मर्कामा परेका व्यवसायीहरु झन वाइपासको मार्ग प्रयोग हुदा निकै नै तनाव र चिन्तामा रहेको वताए । उनले व्यापार व्यवसाय वचाउनका लागि व्यापारीहरु मापदण्ड अनुसार वाटो चोैडा वनाउन तयार रहेको जानकारी दिए ।

व्यापारीक संगठनहरुले पश्चिम तथा गुल्मीबाट पाल्पा हुँदै बुटलव, काठमाडौं र पोखरा जाने यातायातका साधन नगरक्षेत्रको बाटो प्रयोग गर्न नदिई ढुंगाखानीबाट वाइपासका नाममा होलाङदी मोडमा पठाईदा व्यापार व्यवसायमा गिरावट आउनुकोसाथै पश्चिमबाट सार्वजनिक यातायात प्रयोग गरी आउने पर्यटक र विरामीहरुलाई असुविधा भएकाले पुरानै रुट प्रयोग गरी यातायात सञ्चालन गर्नुपर्ने माग गरेका छन ।

यस अघि ढुंगाखानी, बतासेडाँडा, पेट्रोलपम्प, बसपार्क हुँदै गुल्मी, अर्घाखाँची, बाग्लुङ्ग आवत–जावत गर्ने गरेकोमा स्थानीयवासीको आन्दोलनका कारण स्थानीय प्रशासनको पहलमा होलाङ्गदी–ढुंगाखानी सडक वाइपासबाट यातायात सञ्चालन गर्ने निर्णय भएको थियो । जुन निर्णय कहिले लागू हुने त कहिले पुरानै संरचना अनुसार चल्ने भएकाले सर्वसाधारण समेत अन्यौलमा छन ।

Skip This