प्रधानमन्त्रीले राजपासँग मागे सात दिन



काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली सविधान संशोधनको विषयलाई लिएर सकरात्मक देखिएका छन् । मंगलबार राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेताहरुसँग वार्ता गर्दै प्रधानमन्त्री ओलीले संविधान संशोधनको विषयमा सकारात्मक रहेको र त्यसका लागि एक हप्ताको समय दिन माग गरेका छन् ।

सरकार, आफ्ना पार्टी र विपक्षि दलसँग समेत संविधान संशोधन लगायतका विषयमा छलफल गर्ने र त्यसमा आँफुले गर्न सकिने सम्भावनाहरुको बारेमा एक हप्तापछि जवाफ दिने बताएका हुन ।

उनले भने, ‘जे कुरा पहिला हुन्थ्यो त्यही कुरा आज पनि भएको हो, पहिला पनि प्रधानमन्त्री सकारात्मक नै हुनुहुन्थ्यो । सात दिनपछि प्रधानमन्त्रीजीको कस्तो प्रतिकृया आउँछन त्यसमा भर पर्छ ।’
सविधान संशोधन, मुद्दा फिर्ता, बन्दी रिहाय लगायतका विषयमा प्रधानमन्त्री ओलीसँग छलफल भएको हो । राजपा नेपाल अध्यक्षमण्डलको बैठक एक वजेबजे पार्टी कार्यालयमा बस्दैछ ।

प्रतिक्रिया दिनुहोस्