कालिकोटको पलाँता गाउँमा भिषण आगलागीः राहतसहित पुग्यो मुख्यमन्त्रीको टोली



८७ घर जलेर नष्ट,सात जना घाइते

कालीवहादुर मल्ल
कालिकोट पुस ९ । जिल्ला सदरमुकाम मान्मवाट ३२ कोस टाढा रहेको पलाँता गाउँपालिका– १ खाडा गाउँस्थित न्यौपाने गाँउमा गएराती भिषण आगलागि भएको छ । समोवार बिहान २ बजे देखि लागेको आगोले साँझ सम्म ८७ घर नष्ट भएका हुन ।

जिल्लाबाट प्रहरीको टोलि गएपछि पूर्ण रुपमा आगो नियन्त्रणमा आएको कालिकोटका निमित्त प्रहरी प्रमुख देवेन्द्र मल्लले वताएका छन् । हालसम्म करोडौको धनमाल क्षति भएको  निमित्त प्रहरी प्रमुख मल्लले जानकारी दिए ।

उनका अनुसार ३२ बढी घर रहेका न्यौपाने बस्तीमा ८७ घर जलीसकेको छन् । खरले छाएका घर भएकाले आगोले बढी क्षति पुगेको पलाँता गाउँपालिका उपाध्यक्ष दाना न्यौपानेले वताइन ।

आफ्नो गाँउ सुख्खा क्षेत्र भएको र खरको छाना भएका घर भएकाले आगो निभाउन नसकिएको उनको भनाइ छ ।

स्थानीयबासीलाई उद्धार तथा राहतका लागि नजिकका प्रहरी र सदरमुकामबाट सशस्त्र प्रहरीको टोली खटाइएको छ । आगलागी भएको स्थान पलाता गाउँपालिका उपाध्यक्ष दाना न्यौपानेको गाउँ हो ।

कर्णाली प्रदेशका मुख्यमन्त्रीको टोली राहत सहित पलाँतामा

अग्नीपिडितहरुको लागि राहत तथा खाद्यान्न सामाग्री लिएर मुख्यमन्त्री महेन्द्रवहादुर शाही कालिकोटका साँसदहरु सहितको टोलि पलाता गएको छ । राष्ट्रियसभा सदस्य जीवन वुढा, प्रतिनिधिसभा सदस्य दुर्गवहादुर रावत र प्रदेश सभा सदस्य कुर्मराज शाही सहित मुख्यमन्त्री शाही राहत सामाग्रि लिएर पलाता गाँउपालिकाको वडा नं. १ स्थीत न्यौपानेवाडा पुगेका हुन् ।

मुख्यमन्त्री शाहीको टोली प्रदेश सरकारको तर्फवाट तत्कालीन राहत स्वतरु नगद २० हजार, व्लाँकेट १०० थान, पिफम ५ वण्डल, सिरक डसना १०० थान, चाउचाउ १५ पेटी, विस्कुट ६ पेटी, चिउरा ३ वोरा फुरनदाना २३ किलो र गृहमन्त्रालयको तर्फवाट त्रिपाल ६० थान, जुत्ता १०० थान, ज्याकेट १०० थान, ट्राउजर १०० थान र व्लाँकेट २०० थान लिएर नेपाली सेनाको हेलीकोप्टर मार्फत अग्नीपिडित क्षेत्र पुगेको हो ।

केन्द्र सरकारको तर्फवाट सदरमुकाम मान्मावाट ३००० किलो चामल सहित दाल, नुन तेल लगायतको खाद्यान्न सामाग्री अग्नीपिडितलाई उपलब्ध गराउने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्