काँग्रेसले लाखौंमा र कम्युनिष्टले अर्बौमा भ्रष्टाचार गरेका छन: प्रवक्ता प्रकाण्ड



यमलाल भुसाल, बुटवल ।
बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खडग बहादुर बिश्वकर्मा प्रकाण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ६ महिना सरकार टिकाउन सम्मस्या भएको दावि गर्नु भएको छ ।

अरु कसैका कारणले नभई आफ्नै पार्टीका नेताहरुका कारण प्रधानमन्त्री ओलीलाई ६ महिना पनि सरकार टिकाउन कठिन्यायी भएको प्रवक्ता प्रकाण्डले बताउनु भयोे ।

क्रान्तिकारी पत्रकार संगठन नेपालले सोमवार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेनलमा उहाँले इतिहासकै दुई तिहाईको बलियो जन समर्थन पाएको सरकार भए पनि आफ्नै पार्टी भित्रका नेताहरुका कारण ओलीलाई अब ६ महिना सरकार टिकाउन हैरानी भएको स्पष्ट पार्नु भयो ।

सरकार बिरुद्ध कडा रुपमा प्रस्तुत हुनु भएका प्रकाण्डले अहिलेको सरकार र सरकारका मन्त्रीहरु बिगतको भन्दा झनै बढी भ्रष्टाचारी भएको बताउनु भयो ।

उहाँले बिगतमा काँग्रेसका मन्त्रीहरुले लाख करोडमा भ्रष्टाचार गर्ने गरेकोमा अहिले कम्युनिष्ट पार्र्टीका मन्त्रीहरुले अरबौमा भ्रष्टाचार गरीरहेका छन यसले कम्युनिष्ट पार्टी प्रति जनताको बितृष्णा जगाएको धारणा राख्नु भयो ।

वर्तमान सरकार जनता प्रति उत्तर दायी नभई दलाल र पूजिपतिको पक्षमा रहेको आरोप लगाउदै उहाँले कम्युनिष्ठ पार्टीको दुहाई दिने सरकारले विश्वमा नै बेईजेती कमाएको धारणा राख्नु भयो ।

उहाँले जनताले आशा गरेका एउटा पनि काम वर्तमान सरकारले गर्न नसको आरोप लगाउदै प्रवक्ता प्रकाण्डले समृद्ध नेपाल र सुखि नेपालीको नाराले मुलुकलाई वर्वादि तर्फ उन्मुख गराएको टिप्पणी समेत गर्नु भयो ।

उहाँले संघिय सरकारसंग कटौरामा भिख माग्ने परिपार्टीको संघियता संघियता नै नभएको र यस्तो संघियता मुलुकका लागि आवश्यक नभएको जिकिर गर्नु भयो ।

नेकपाका अध्यक्ष प्रचण्ड भारतमा र का नाईकेलाई भेटन श्रमती सीताको औषधी गर्ने नाममा जाने गरेको आरोप लगाउदै उहाँले प्रचण्डले केपी ओलीसंग निहु खोज ओललिे समाप्त पार्ने चेतावनी समेत दिनु भयो ।

आफू सिदिने भएर एमालेको टाँग मुनि छिरेका प्रचण्डले फुर्ति नलगाउन प्रकाण्डले आग्रह गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्