कर्णली सरकारको घोषणाः कालीकोट आगलागी पीडित सबैलाई राहत



नेपाल समाचारपत्र, कालीकोट ।

कालीकोटको पलाता गाउँपालिका–१ खाडा गाउँस्थित न्यौपाने बस्तीमा सोमबार बिहान भएको आगलागीको घटनाप्रति कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दुःख व्यक्त गरेका छन् ।
आगलागीमा परी घाइते भएकाहरुको स्वास्थ्यलाभको कामना गर्दैै मुख्यमन्त्री शाहीले उनीहरुको उपचारमा कमी हुन नदिने सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
आगलागीबाट पशुचौपाए तथा भौतिक संरचनाको ठूलो क्षती भएपछि मुख्यमन्त्री शाहीको निर्देशनमा आन्तरिक मामिला तथा कानून मन्त्रालयले तत्कालीन राहत स्वरुप प्रतिघरधुरी २० हजार नगद, आवश्यक लत्ता कपडा र खाद्यान्न उपलब्ध गराउने निर्णय गरेको छ ।

साथै प्रदेश सरकारले पीडितहरुलाई थप राहत र पुनर्स्थापनामा सहयोग गर्न केन्द्र सरकारलगायत अन्य संघसंस्थाहरुलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्