नागढुंगा–धुलिखेल सुरुङमार्ग निर्माण अलपत्र



;8s lj:tf/sf] 7]Ssf ePsf o’gfO6]8 laN8;{sf] nfk/afxLsf sf/0fn] nyfln+u cj:yfdf k’u]sf] rqmky rfkfufp“ bf]af6f]–9f]nflx6L ;8s . tl:a/M k|zfGt÷sflGtk’/

काठमाडौं, (नेस)
नागढुंगा–धुलिखेल प्रस्तावित सुरुङमार्ग बनाउन अहिलेसम्म निर्माण कम्पनी छनोट हुन सकेको छैन। योजनाको कार्यतालिकाअनुसार यही डिसेम्बरभित्र निर्माण कम्पनीको छनोट भइसक्नुपर्ने थियो। तर, सडक विभागले अहिलेसम्म विभिन्न ६ कम्पनीमाथि मूल्यांकन गरिरहेको छ। गत कात्तिकमा सुरुङमार्ग निर्माणका लागि ६ कम्पनीको आवेदन परेको थियो।

विभागका इन्जिनियर छविलाल पौडेलले ती कम्पनीको मूल्यांकनको काम भइरहेको तर टुंगोमा पुग्न अझै एक महिना लाग्ने जानकारी दिनुभयो। ‘डिसेम्बर अन्तिम र जनवरीको पहिलो सातातिर मूल्यांकन सम्पन्न गर्ने योजना थियो तर अहिले मूल्यांकनकै चरणमा छौं।’ –उहाँले भन्नुभयो।

उहाँका अनुसार १ जापानी र ५ चिनियाँ कम्पनीले नागढुंगा–धुलिखेल सुरुङमार्ग बनाउन आवेदन दिएको छ। बीचमा महाशाखा प्रमुखविहीन भएर पनि मूल्यांकन कार्य प्रभावित भएको उहाँले बताउनुभयो।

विभागअन्तर्गतकै वैदेशिक महाशाखाले गत साउन २४ मा ग्लोबल टेन्डर आह्वान गरेको थियो। त्यसताका विभागले ६० दिने सार्वजनिक सूचना जारी गरे पनि प्रस्ताव नपरेपछि १५ दिनको समय थप गरेको थियो। सुरुङमार्ग निर्माण गर्ने बोलपत्र १५ नेपालीसहित ४२ कम्पनीले खरिद गरेका थिए। यस सुरुङमार्ग निर्माणमा नेपाली कम्पनीले विदेशी कम्पनीसँग ज्वाइन्ट भेन्चरमा आवेदन दिएको विभागका इन्जिनियर पौडेलले बताउनुभयो।

विभागले ठेकेदार छनोट प्रक्रिया जनवरी २०१९ लाई तोकिएको छ। पहिलो चरणमा महाशाखाले सुरुङमार्ग बनाउन इच्छा जाहेर गरेका कम्पनीको प्राविधिक क्षमताको मूल्यांकन गर्नेछ। प्राविधिकरूपमा अब्बल देखिएका कम्पनीमध्ये न्यूनतम अंक कबुल गर्ने कम्पनीले निर्माणको ठेक्का पाउनेछ। ठेक्का पाउने कम्पनीले ४२ महिनाको समयमा सुरुङमार्ग र आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने हुन्छ।
नागढुंगामा बढ्दो सवारी चापलाई कम गर्न, सवारी दुर्घटनालाई कमी ल्याउनेलगायतका उद्देश्यले विभागले जापान सरकारसँग सहुलियत दरमा ऋण लिने सम्झौता गरिसकेको छ। विभागले फागुनदेखि निर्माण चरणमै जान निर्माण कम्पनी छनोट र सम्झौता गर्ने जनाएको छ।

विभागले अहिले जग्गा अधिग्रहण र मुआब्जा वितरणको कामलाई तीव्रता दिएको छ। विभागले धादिङतर्फ १ सय ९ रोपनी र काठमाडौंतर्फ २ सय ६७ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने बाध्यता रहेको छ। काठमाडौंतर्फ मुआब्जा वितरण शुरू भइसके पनि धादिङतर्फ भने अहिलेसम्म मुआब्जा निर्धारणसमेत हुन सकेको छैन।

पहुँचमार्गका लागि काठमाडौं साविकका महादेवस्थान, दहचोक, बलम्बु र थानकोट गाविसभित्र पर्ने जग्गा अधिग्रहण गर्नुपर्ने हुन्छ भने धादिङतर्फ सिस्नेखोलादेखि खत्रीगाउँसम्मका जग्गा अधिग्रहण गर्नुपर्ने विभागले जनाएको छ। त्रिभुवन राजमार्गको बलम्बुदेखि उत्तरतिर लागेर त्रिवेणीघाट हुँदै सुरुङको पूर्वपट्टी मार्ग तोटीपाखासम्म २ दशमलब ३ किलोमिटर प्रवेश मार्गका लागि दायाँ–बायाँ २५–२५ मिटर भाग अधिग्रहणको प्रक्रिया शुरू भइसकेको छ।

त्यसमा विभागले तीन लेनको सडक निर्माण गर्ने भएको छ। सुरुङमार्गका लागि जापान सरकारले १५ अर्ब रुपियाँ ऋण दिने सम्झौता भएको छ। उक्त परियोजनामा १६ अर्ब लागत अनुमान गरिएको छ। सरकारले यस वर्ष ५ अर्ब ९४ करोड रुपियाँ छुट्याइसकेको छ।

आयल निगमको थानकोट डिपोभन्दा मुनि निस्किने सुरुङलाई पुनः त्रिभुवन राजपथमा ल्याएर जोड्न २ दशमलव २५ किमिको पहुँच मार्ग निर्माण गर्नुपर्नेछ। पहुँच मार्ग टेलिकम कार्यालयनजिक मुख्य राजमार्गमा जोडिनेछ। धादिङको सिस्नेखोलातर्फ भने सडक निर्माण गर्नुपर्ने अवस्था छैन। १२ मिटर चौडाइको सुरुङमार्गमा दुवैतिर पैदलयात्रीका लागि १–१ मिटरको पेटी राखिने भएको छ। सुरुङमा भेन्टिलेटर र जेट फ्यान जडान गरिनेछ। आकस्मिक समयमा उद्धारका लागि अर्को एक लेनको सहायक सुरुङ पनि बनाइनेछ।

सुरुङमार्गमा प्रज्वलनशील पदार्थ बोकेका र मालवाहक सवारी तथा मोटरसाइकल चलाउन नदिने योजना छ। सुरुङको लम्बाइ २.३५ किलोमिटर हुनेछ, जसमार्फत नागढुंगाको जामबाट छुटकारा पाइनेछ। राजधानीको एक मुख्य प्रवेशद्वार नागढुंगाबाट काठमाडौं प्रवेश गर्न नौबीसेदेखि ३ घन्टासम्म लाग्छ। सुरुङबाट २० मिनेटमै काठमाडौं प्रवेश गर्न सकिने विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्