एक वर्षमा सम्बन्ध बिच्छेदका ८४ मुद्दा


पाल्पा ।
आ.व. ०७५÷०७६ मा पाल्पामा चौरासी वटा सम्बन्ध बिच्छेदका मुद्दा दर्ता भएका छन् । तीमध्ये ४१ वटा मुद्दा फस्र्यौट भएको जिल्ला अदालत पाल्पाका तहसिलदार भेषराज खनालले बताउनुभयो । फस्र्यौट हुन बाँकी ४३ मध्ये एक मिलापत्र, चार फैसला र दुई फिर्ता भएका छन् ।

आ।व। ०७४÷०७५ मा एक सय ३३ मुद्दा दर्ता भएको थियो । तीमध्ये एक सय ११ वटा फस्र्यौट भएको थियो । त्यस्तै ०७३÷०७४ दर्ता भएका एक सय २४ वटा सम्बन्ध बिच्छेदका मुद्दामध्ये एक सय वटा फस्र्यौट भएको जिल्ला अदालत पाल्पाले जनाएको छ ।
रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।