पूर्व आइजिपी मोतीलाल बोहरालाई सर्वोच्चले दियो सफाइ

0
Shares

काठमाडौं ।
पूर्व प्रहरी महानिरीक्षक (आइजिपी) मोतीलाल बोहोरालाई सर्वोच्च अदालतले सफाइ दिएको छ । सर्वोच्चका न्यायाधीशद्वय शारदाप्रसाद घिमिरे र पुरुषोत्तम भण्डारीको इजलाशले बिहीबार बोहराको सफाइ दिएको हो ।

२०६८ सालमा विशेष अदालतले बोहरालाई अवैध सम्पत्ति जोडेको अभियोगमा दोषी ठहर गर्दै २६ लाख ६३ हजार ४ सय ८५ रुपैयाँ बिगो र त्यति नै बराबरको जरिवानासहित डेढ वर्ष कैद सजाय सुनाएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोहराले आर्जन गरेको ४ करोड ३८ लाख ९२ हजार ५ सय ६ रुपैयाँबराबरको सम्पत्तिमध्ये २ करोड ३८ लाख २३ हजार ६ सय २७ रुपैयाँको स्रोत खुल्न नसकेको दाबी गर्दै अख्तियार विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

तथ्यमा प्रवेश नगरी न्यायाधीशहरु भूपध्वज अधिकारी, कोमलनाथ शर्मा र चोलेन्द्र शमशेर राणाको इजलाशले २०६४ जेठ १३ गते उनलाई सफाइ दिएको थियो।

त्यसविरुद्ध सरकारले पुनरावेदन गरेपछि पुनस् उक्त मुद्दा विशेष अदालत फर्केको थियो। विशेष अदालतका तत्कालीन अध्यक्ष गौरीबहादुर कार्की र न्यायाधीशहरु ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलाशले २०६८ चैतमा दोषी ठहर हुने फैसला सुनाएको थियो। सर्वोच्चले उक्त फैसला त्रुटिपूर्ण रहेको भन्दै सफाइ दिएको हो।

अख्तियारले बोहराको मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन हालेकोमा सर्वोच्चका तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी र न्यायाधीश कल्याण श्रेष्ठको संयुक्त इजलाशले विशेष अदालतबाटै दोर्होयाउन आदेश दिएको थियो ।

सर्वोच्चको आदेशपछि पुनः सुनुवाइ शुरू भएकोमो विशेष अदालतले बोहरालाई दोषी ठहर गरेको थियो । तर, मागदावी अनुसार फैसला नआएपछि बोहरालाई थप जरिवानासहित सजायको माग गर्दै २९ कात्तिक २०६९ मा सर्वोच्च अदालतमा पुनरावेदन गरेको थियो ।

तर बिहीबार बोहाराको भ्रष्टाचार मुद्दामा अन्तिम सुनुवाइ गर्दै सर्वोच्चले कुनै अकूत सम्पत्ति आर्जन नगरेको ठहर गर्दै बोहरालाई सफाइ दिएको हो ।

Skip This