झापामा फेरी आगलागी


झापा । बिर्तामोड १० स्थित एक घरमा आगलागी हुँदा २ लाख बराबरको क्षती भएको छ ।

स्थानीय पूर्ण बहादुर बिकको घरमा शनिबार राती ९ बजे आगो लाग्दा घरसहित चौपायाको जलेर मृत्यू भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । टुकी बत्तीबाट आगो सल्किएको र आगोले घरमा पूर्ण क्षती भएको छ ।

घरमा आगो लागेपछि स्थानीय बासिन्दा, दमकल र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीबाट घरबाट बिस्थापीत बनेको बिक परिवार अहिले छिमेकीकोमा शरण लिएर बसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।