दार्चुला मिनिबस दुर्घटनाः भारतिय नागरिक पालको मृत्यु, ७ जनाको अवस्था गम्भिर

0
Shares

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ ऐरिछानामा शुक्रबार विहान भएको मिनिबस दुर्घटनामा परी भारतको पिथौरागढ जिल्ला अस्कोट बस्ने ४० वर्षिय अनिल पालको मृत्यु भएको छ ।

 

मालिकार्जुनबाट दार्चुला सदरमुकाम खलंगाका लागी छुटेको म १ ख ४३६ नम्बरको मिनिबस दुर्घटनामा परी भारतिय नागरिक पालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी हिक्मत बहादुर बोहराले जानकारी दिए । यस्तै दुर्घटनामा परी अन्य ७ जना गम्भिर घाइते भएका छन्, भने १० जना सामान्य घाइते भएको उनले जानकारी दिए । दुर्घटनामा परी गम्भिर घाइते भएका ७ जनाको अवस्था चिन्ता जनक रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी लेकम गाउँपालिका–४ खरकडाकी वर्ष नखुलेकी लक्ष्मी कुवर, मालिकार्जुन गाउँपालिका ८ पस्तीका भुपेन्द्र धामी, लेकम गाउँपालिका ४ खरकडाका दौलत सिह कुवर, मालिकार्जुन ८ पस्तीका २८ वर्षिय रमेश सिह धामी, पस्तीकै वर्ष ३० का धिरेन्द्र धामी, लेकम ४ का २५ वर्षिय लक्ष्मी कुवर र सोही ठाउँ बस्ने वर्ष २५ की रेवती बस्नेत गम्भिर घाइते भएको सुचना अधिकारी बोहराले जानकारी दिए ।

दुर्घटनामा परी लेकम गाउँपालिका ४ का वर्ष ३३ का राम सिह बस्नेत, सोही ठाउँ बस्ने वर्ष ३३ कै जानकी बस्नेत, सोही ठाउँकै नरेश सिह, लक्ष्मी कुवर लेकम गाउँपालिका–५ का ३२ वर्षिय नरेश बोहरा, मालिकार्जुन गाउँपालिका–८ मेलखेतका १८ वर्षिय नगेन्द्र पन्त, मेलखेतकै १३ वर्षिय लक्ष्मण पन्त, मालिकार्जुन ८ पस्तीका ३५ वर्षिय गोपाल धामी, पस्तीकै २४ वर्षिय चन्द्र पन्त, अपिहिमाल गाउँपालिका ६ का २५ वर्षिय मंगल महता सामान्य घाइते भएको उनले जानकारी दिए । विहीबार राती मालिकार्जुन मन्दिरको जात्रामा गएका भक्तजनहरुलाई बोकेर खलंगा आइरहेको मिनिबस मालिकार्जुन गाउँपालिका ३ ऐरिछाना भन्ने स्थानमा सडकबाट तिन सय मिटर तल खसेको थियो ।

दुर्घटनामा घाइते भएकाहरुको गोकुलेश्वर अस्पतालमा उपचार भैइरहेको सुचना अधिकारी बोहराले बताए । घाइतेलाई घट्नास्थल बाट नेपाल प्रहरी, सशस्त्र प्रहरी नेपाली सेना र स्थानीयले उद्धार गरि अस्पताल पुर्याएका थिए । गएराती मालिकार्जुन मन्दिरमा ठूलो जात्रा लागेको थियो । जात्रा हेरेर घर फर्कि रहेका मानिसलाई बोकेर सदरमुकाम खलंगा आउने क्रममा बस दुर्घटना भएको हो ।

Skip This