कालीकोट जिल्लाका ८२ वडामा ११ सचिव


कालीकोट ।
कालीकोट जिल्लाका स्थानीय तहमा वडासचिव नहँुदा स्थानीयवासीलाई सेवा लिन समस्या भएको छ । कालीकोट जिल्लाका जम्मा ८२ वटा अहिले ११ जना मात्र सचिव भएकाले वडास्तरबाट सम्पादन हुने काममा समस्या आएको हो ।

स्थानीय पञ्जिकाधिकारी नहँुदा जन्म दर्ता विवाह दर्ता जस्ता काममा समेत प्रभाव परेको छ भने स्थानीयवासीको एक दिनमा हुने कामका लागि दुई–तीन दिन पर्खनु पर्ने बाध्यता रहेको छ । स्थानीय निर्वाचन भएको करीब डेढ वर्ष पुग्न लाग्दा पनि अहिलेसम्म अरू कर्मचारी त परै जाओस् वडा सचिवसम्म कालीकोटमा छैनन् ।

रास्कोट नगरपालिका र महावै गाउँपालिकामा एउटै पनि वडा सचिव छैनन् भने खाँडाचक्र नगरपालिकामा तीन, तिलागुफा नगरपालिकामा दुई, शुभकालिका गाउँपालिकामा एक, पलाता गाउँपालिकामा एक, नरहरिनाथ गाउँपालिकामा एक, पचालझर्ना गाउँपालिकामा एक र सान्नी त्रिवेणी गाउँपालिकामा दुईजना रहेको प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले बताउनुभयो ।

यस्तै कालीकोट जिल्ला रास्कोट नगरपालिका प्रमुख काशीप्रसाद बराले भने कालीकोट जिल्लाका अरू स्थानीय तहमा एक–दुई जना सचिव भएर काम अलि सहज भए पनि आफ्नो नगरपालिकामा नौवटै वडा सचिवविहीन हँुदा समस्या भएको बताउनुभयो ।
रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।