बस दुर्घटनामा एकको मृत्यु, २९ घाइते


रामेछाप ।
काठमाडौँदेखि गाल्वातर्फ जादैँ गरेको बस खाँडादेवी–३ भीरपानीको सार्की पँधेरोमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् ।

दशँै मनाउन गाउँ फर्कदै गरेको बा ३ख ४६७५ नं को बस आज दिउँसो ३ बजेतिर दुर्घटना हुँदा १३ वर्षीया बालिकाको मृत्यु भएको हो । बालिकाको सनाखत हुन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता शेख अदालतका अनुसार गाडी सडकबाट करीब ५० मिटर तल खसेको छ । घाइतेहरूको सिन्धुलीको सुनकोशी गाउँपालिकामा रहेको भरोसा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । सो दुर्घटनामा १२ जना गम्भीर घाइते भएका छन् । विपरीत दिशाबाट आइरहेको गाडीलाई ठाउँ दिने क्रममा दुर्घटना भएको प्रहरीले आशङ्का गरेको छ ।
रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।