सर्पको डसाईबाट एक घरका दिदी भाईको मृत्यु


यमलाल भुसाल, बुटवल ।
रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकामा सर्पको डसाईबाट एकै घरका दिदी भाईको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तिलोत्तमा नपा वडा नम्बर ६ गणेशपुरका सुस्मिता सुबेदी र सौगात सुबेदी रहेका छन । आईतवार राति घरमै सुतिरहेको अवस्थामा उनिहरुलाई सर्पले टोकेको थियो । दुबैजनालाई गम्भिर अवस्थामा अस्पताल भर्ना गरिएको थियो । लुम्बिनी अञ्चल अस्पतालमा उपचारका क्रममा उनिहरुको मृत्यु भएको हो ।

मृतक दिदिभाई शान्ति नमुना मा विमा अध्यनरत बिद्यार्थी हुन । सुस्मिता कक्षा ४ र सौगात कक्षा १ मा अध्यनरत बिद्यार्थी रहेको बिद्यालयका शिक्षक कृष्ण केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।