न्यायाधीश दीपकराज जोशीलाई महाभियोग लगाउने तयारी

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रधानन्यायाधीशमा अस्वीकृत न्यायाधीश दीपकराज जोशीलाई महाभियोग लगाउने तयारी गरेको छ । महाभियोगका लागि नेकपाले सांसदहरूसँग हस्ताक्षर संकलन गरिरहेको बताइएको छ ।

नेकपाका एक नेताका अनुसार हस्ताक्षर अभियानको नेतृत्व नेकपाका उपनेता सुवास नेम्वाङले गरिरहेका छन्। यद्यपि, जोशीसँग अनौपचारिक ढंगले कुराकानी भइरहेको पनि स्रोतले बताएको छ। उनलाई राजीनामा दिन दबाब दिइएको छ। राजीनामा दिएर स्वैच्छिक रूपमा बाहिरिए महाभियोग भोग्नु नपर्ने उनलाई सुझाव दिइएको छ।

Skip This