नविकरण नभएका संघसंस्था खारेज हुने



विनोद सिंह विष्ट, बैतडी ।
जिल्ला प्रसासन कार्यालय बैतडीमा दर्ता भएका तर ३ बर्षसम्म नविकरण नभएका संघसंस्थाहरु खारेज हुने भएका छन् । आज एक सुचना प्रकासित गरेर प्रसासनले त्यस्ता संघसंस्थालाई ३५ दिनको म्याद दिएको छ । जिल्लामा दर्ता भएका ७०० संघसंस्था मध्ये हालसम्म १५० मात्रैले नविकरण गरेको जिल्ला प्रसासन कार्यालय बैतडीका नायव सुब्बा गजेन्द्र चन्दले जानकारी दिए । आर्थिक बर्ष सकिएको ३ महिनासम्म नविकरणको समयाबधी हुन्छ, त्यपश्चात पुससम्म एक सय रुपैंया थप शुल्क लिने गरेका छौं उनले भने “लगातार तीन बर्षसम्म नविकरण नभएका संघसंस्था स्वतः खारेज हुन्छन् ।”

बैतडीमा हाल सामाजिक, धार्मिक तथा विभिन्न क्लवहरु गरी ७०० संघसंस्था जिल्ला प्रसासनमा दर्ता रहेका छन् । तिमध्ये ५५० नविकरण गराएका छैनन् । कतैबाट(दातृनिकाय) सहयोग आउछकी भनेर देखासिखीले संघसंस्था दर्ता गर्ने तर पछी सहयोग नमिले संस्थाहरु नहुँने गरेका नायव सुब्बा चन्दको भनाई रहेको छ । गृह मन्त्रालयको परिपत्र अनुसार संघसंस्थाहरुलाई ३५ दिनको म्याद दिईएको जिल्ला प्रसासन कार्यालय बैतडीले जनाएको छ ।

संस्था दर्ता ऐन, २०३४ अनुसार दर्ता भएका संघसंस्थाले नविकरण गर्न आउँदा हालसम्म गरेको कार्यको आर्थिक विवरण सहितकै प्रतिवेदन पेश गर्नुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी सुरेस घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्