वीरगञ्जका मेयर विजय सरावगीले राजीनामा दिए


काठमाडाैं । वीरगञ्जका मेयर विजय सरावगीले राजीनामा दिएका छन् । उनले महानगरपालिकाको हरेक काम कारबाहीमा पार्टीको हस्तक्षेप भएको भन्दै आफ्नो पार्टी संघीय समाजवादी फोरमबाट राजीनामा दिएका हुन् ।

सरावगी संघीय समाजवादी फोरमबाट वीरगञ्जको मेयर पदमा निर्बाचित भएका थिए । प्राप्त जानकारी अनुसार मेयर सरावगीले ह्वाट्सएपमार्फत पार्टी नेतृत्वलाई राजीनामा पत्र बुझाएका छन् । सरावगीले नेतृत्वलाई भेटेरै पार्टीबाट राजीनामा दिने तयारी गरिरहेको पनि स्रोतले जनाएको छ ।

यता, फोरमका नेताहरुले मेयर सराबगीले राम्रो र जनता रिझाउने काम नगरेको आरोप लगाउँदै आएका छन् । स्रोतका अनुसार कर्मचारी नियुक्ति, विकास निर्माणका काममा पार्टीको सहभागीता लगायतका विषयमा जिल्ला नेतृत्वले भनेको मेयरले नमानेको नेताहरुको भनाई छ ।

नगर प्रमुख सरावगीले पार्टीले निर्णय नगरेसम्म राजीनाबारे केही नबोल्ने प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।