रकम सापटि दिने प्रलोभन देखाउँदै अपहरण गर्ने आरोपी पक्राउ



शिवहरीप्रसाद भट्टराई, राजविराज ।
आर्थिक समस्यामा रहेकाहरुको पहिचान गरी केहि दिनका लागि रकम सापटि दिने प्रलोभन देखाउँदै भारत पुर्याई वन्धक वनाएर फिरौती रकम असुल गर्ने १ जना पेशेवर अपराधिलार्य पक्राउ गरी प्रहरीले वुधवार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।

यसरी पक्राउ पर्ने ब्यक्ति हुन महोत्तरीको साँढा गाउँपालिका २ का ५५ वर्षिय विन्देश्वर साह । यसअघि यस्तै प्रलोभन देखाएर आधा दर्जन घटनावाट लाखौ रकम फिरौती असुल गरिसकेको उनले पछिल्लो पटक राजविराज नगरपालिकाका एक ब्यक्तिलाई अपहरण गरी भारत पुर्याएपछि प्रहरीको सकृयतामा पक्राउ परेका हुन् ।

प्रहरी उपरिक्षक राजेन्द्र विष्टका अनुसार राजविराज नगरपालिका २ निवासी राजकुमार यादवले दिएको उजुरीका आधारमा सुक्ष्म अनुसन्धान गर्दै जाँदा साह पक्राउ परेका हुन् । घटना विवरण अनुसार राजकुमार सँग सामान्य चिनजान रहेका विन्देश्वरले गत वैशाख १० गते राजकुमारलाई ‘तपाईएको छोरीको विहे छ, पैसाको अभाव भए पट्ना हिड म १५ दिनका लागि आवश्यक रकम सापटि दिन्छु’ भन्दै प्रलोभन देखाएका थिए । छोरकिो विवाहका लागि राजकुमारलाई पैसा आवश्यक रहेकाले उनले नाताले भाई पर्ने राम चरित्र यादवलाई सोहि दिन विन्देश्वरसँग पटना पठाएका थिए । तर पटनाका लागि भनेर हिडेका रामचरित्रलाई विन्देश्वरले विच वाटो मुजप्फरपुरमै वसवाट जवरजस्ति ओरालेर रेल मार्फत मोतिहारी पुर्याएर होटलमा लगि वन्धक वनाएर राखेका थिए ।

विन्देश्वरसँगै रहेका नाम नखुलेका अन्य तीन चार जना मिलेर रामचरित्रलाई होटलको एउटा कोठामा वन्धक वनाएपछि त्यहिवाट भारतीय मोवाईल नम्वरको प्रयोग गरी राजकुमारई १० लाख भारतीय रुपैयाँ फिरौती नदिए रामचरित्रको हत्या गर्ने धम्कि दिउका थिए । छोरीको विवाहका लागि पैसा जोहो गर्न पठाएको ब्यक्ति अपहरणमा परेको सुनेपछि राजकुमार छाँगावाट खसेजस्तै भए । उनले अपहरणकारीले माग गरेको रकममा मोलमोलाई गरी अपहरणकारीले भनेकै अनुसार वैशाख १२ गते विरगन्ज स्थित प्रभु विकास वैंकमा ९ लाख ६० हजार नेपाली रुपैँया नरेशप्रसाद साहका नाममा रहेको खातामा जम्मा गरिदिए । वैंकमा जम्मा गरिएको सो रकम भोलीपल्टै वैशाख १३ गते विन्देश्वर साहले झिकेर लगेका थिए ।

भारतीय प्रहरी र वैंक रहेको पर्षा प्रहरीसँग सम्पर्कमै रहेका वेला विन्देश्वर अचानक विरगन्जमा देखा परेपछि उनलाई सोहि स्थानमा घेरा हालेर पक्राउ गरिएको एसपी विष्टको भनाई छ ।

पक्राउ परेका साहसँग भारतीय आधार कार्ड र जिल्ला वन कार्यालय सर्लाहिमा रेन्जर पदमा कार्यरत रहेको नक्कली परिचय पत्र समेत फेला परेको प्रहरी उपरिक्षक विष्टले वताए ।

प्रतिक्रिया दिनुहोस्