प्रधानन्यायाधीशमा अाेमप्रकाश मिश्रकाे नाम अनुमाेदित

0
Shares

काठमाडाैं । संसदीय सुनुवाई विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नाम अनुमोदन गरेको छ ।

सोमबार नै मिश्रको सुनुवाइ थियो । सोमबार भएको मिश्रको सुनुवाइपछि समितिले मिश्रलाई २८ औं प्रधानन्यायाधीश बन्ने ढोका खोलेको हो। मिश्रले आफ्नो कार्ययोजना प्रस्तुत गर्दै सांसदहरुले उठाएको प्रश्नको जवाफ दिए लगतै समितिले अनुमोदन गर्ने निर्णय गरेको हो । उनकाे कार्यकाल अागामी पुस १८ गते सम्म रहनेछ । मिश्रले अवकाश पाएपछि अर्का न्यायाधीश चोलेन्द्र शमशेर राणाका लागि बाटो खुल्नेछ।

विशेष अदालतमा रहँदा भ्रष्टाचारको मुद्दामा कठोर मापदण्ड अवलम्बन गर्दै चर्चामा आएका मिश्र २०७१ जेठ १३ गते सर्वोच्चका स्थायी न्यायाधीश भएका थिए। मिश्र प्रधानन्यायाधीश भएमा कार्यकाल जम्मा ५ महिनाको मात्रै हुनेछ। मिश्रलाई भदौ ७ गते बसेको संवैधानिक परिषद्को बैठकले सर्वसम्मत रुपमा प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो।

Skip This