मिश्रविरुद्धको सुनुवाइ आज


काठमाडौं, (नेस)
प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रविरुद्धको सुनुवाइ आज सोमबार हुँदै छ । समितिको बैठकले मिश्रविरुद्ध परेका उजुरीको सुनुवाइ गर्ने निर्णय गरेको समिति सदस्य पूर्णाकुमारी सुवेदीले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।

उहाँविरुद्ध परेका उजुरीहरु माथि उजुरीकर्तासँग आइतबार सोधपुछ गरिएको थियो । प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध चार वटा उजुरी परे पनि एउटा उजुरी फिर्ता लिइएको थियो ।

यसअघि प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद्ले दीपकराज जोशीको नाम संसदीय सुनुवाइका लागि सिफारिस गरेकोमा सुनुवाइ समितिले उहाँको नाम अस्वीकृत गरेको थियो । जोशीको नाम अस्वीकृत भएपछि संवैधानिक परिषद्ले सर्वाेच्च अदालतका वरिष्ठतताका आधारमा न्यायाधीश मिश्रको नाम संवैधानिक परिषद्मा पठाएको थियो । सर्वोच्च अदालत विगत पाँच महिनादेखि नेतृत्वविहीन छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।