अल्टिच्युड एयरको हेलिकप्टर नुवाकोट र धादिङको सीमामा खसेको अाशंका


काठमाडौं । अल्टिच्युड एअरको हेलिकप्टर गोरखाबाट काठमाडौं आउने क्रममा दुर्घटनामा परेको छ ।

गोरखाको सानोगाउँबाट उडेको केही मिनेटमै हेलिकोप्टर सम्पर्कविहीन भएको हो ।

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले घटनाको पुष्टि गरेका छन् । हेलिकप्टरमा ६ जना यात्रु र एक जना क्याप्टेन रहेका थिए ।

 

हेलिकप्टर बिहान ८ बजेर १८ मिनेटमा ल्याण्ड हुनुपर्ने थियो । अन्य जानकारीका लागि प्रयास भईरहेको उनले बताए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।