सातै प्रदेशमा आयुर्वेद अस्पताल


काठमाडौं। सरकारले सातवटै प्रदेशमा सुविधा सम्पन्न आयुर्वेद अस्पताल खोल्ने प्रक्रिया अगाडि बढाएको छ । आयुर्वेद व्यवस्था विभागका अनुसार ५० बेड क्षमताको सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने काम अगाडि बढिसकेको छ ।

सरकारले प्रदेश १ को लखनपुर झापामा, २ को जनकपुरमा, गण्डकी प्रदेशको कास्कीमा, प्रदेश ५ को दाङमा, कर्णाली प्रदेशको राजधानी सुर्खेत र ७ नम्बर प्रदेशको कैलाली गेटामा अत्याधुनिक आयुर्वेद अस्पताल निर्माण हुनेछ । प्रदेश नम्बर तीनमा भने कहाँ बनाउने भन्ने अझै टुंगो लागेको छैन ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।