वृद्धभत्ता बढाउन पूरक बजेट ल्याउने सरकारकाे तयारी


काठमाडाैं । ज्येष्ठ नागरिकहरुले पाउँदै आएको वृद्धभत्ता बढाउन सरकारले पूरक बजेट ल्याउने तयारी थालेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले ल्याएको बजेटले नेकपाको चुनावी प्रतिवद्धताअनुरुप ज्येष्ठ नागरिकलाई सम्वोधन गर्न बजेट तयारी थालेको नेकपाका एक नेताले जानकारी दिएका छन् ।

पूरक बजेट ल्याएर वा अन्य कुनै उपायले भए पनि नेकपाले गरेको प्रतिवद्धता सम्वोधन हुनैपर्ने नेकपाका अध्यक्ष पुष्पकमल दाहालले बताउँदै आउनुभएको ती नेताले जनाएका छन् ।

पूर्वप्रधानमन्त्री प्रचण्डले आफ्नै निवासमा हिजो भेला भएका पत्रकारहरुसँग कुरा गर्दै जनता माझ आफूले गरेका प्रतिवद्धता (बजेटमा) आएन भनेको गुनासो बढेको बताउनुभएको थियो । बूढाबूढी हुँदै गएपछि थोरैको पनि माया हुने बताउँदै दाहालले घरमा राम्रै आम्दानी र सम्पत्ति भए पनि सरकारले दिने भनेको दुई-तीन हजार रुपैयाँप्रति असाध्यै मोह देखिने गरेको बताउनुभएको थियो ।

सय रुपैयाँबाट सुरु भएको वृद्धभत्ता दिँदा आशिर्वाद दिने बूढाबूढीहरुले अहिले जिल्लामा जाँदा सराप दिन थालेको बताउँदै पाँचसय मात्रै थपिदिए उहाँहरु खुसी हुने दाहालको भनाइ थियो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।