पहिरोमा परी ओखलढुंगामा एकै परिवारका चारको मृत्यु


काठमाडाैं । अविरल वर्षापछि आएको पहिरोले ओखलढुंगामा एक घर पुरिँदा एकै परिवारका चारजनाको मृत्यु भएको छ ।

ओखलढुंगाको मेलुङ गाउँपालिका–८ खिम्तीका पूर्णबहादुर राईको घर बुधबार राति पुरिँदा राईसहित चारजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ५० वर्षीय पूर्णबहादुरसहित ४५ वर्षीया उनकी श्रीमती धनकुमारी राई, ३ वर्षीय छोरा अशिष र शारीरिक अस्वस्थता रहेकी पूर्णकी दिदी ५५ वर्षीया मित्रमाया रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।