राखेपको बार्षिकोत्सव सुरु


काठमाडौं, (नेस)
राष्ट्रिय खेलकुद परिषदको ५५औं बार्षिकोत्सवको अवसरमा बिविध कार्यक्रम सहित बार्षिकोत्सव सप्ताह बुधबारबाट सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषदले बार्षिकोत्सव प्रत्येक वर्षको भाद्र १३ गते बाट एक हप्ता मनाउने गरेको छ ।

एक कार्यक्रमबिच राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य सचिव उपेन्द्र पौडेल र सदस्य गंगाबहादुर थापा मगरले संयुक्त रुपमा बेलुन उडाएर सप्ताहको उद्घाटन गरे ।

सप्ताह अन्तरगत कर्मचारीहरुकाविच म्युजिकल चेयर, ब्याडमिन्टन र टेबल टेनिस पुरुष÷महिला युगल तथा तान डोरी प्रतियोगिताको आयोजना गरिने भएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।