बाढीले डाइभर्सन बगायाे


काठमाडाैं । नुवाकोटको त्रिशूली–बेत्रावती सडक खण्डअन्तर्गत गेर्खु खोलामा बनाइएको डाइभर्सन आज बिहान बाढीले बगाएपछि सडक अवरुद्ध भएको छ ।

सडक अवरुद्ध हुँदा दर्जनौँ सवारीसाधन रोकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भदौ २ गते राति आएको बाढीले खोलाको पुल भत्काएपछि सडक अवरुद्ध भएको थियो । त्यसपछि भदौ ६ गते ह्युमपाइप राखेर अस्थायी संरचना बनाई सवारीसाधन सञ्चालन गरिएको थियो । खोलामा आएको बाढीले सो अस्थायी संरचना पनि भत्काएपछि सडक पुनः अवरुद्ध भएको छ ।

खोलामा पानीको बहाव घटेपछि फेरि अस्थायी संरचना निर्माण थालिने प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए ।

यस्तै, विदुर नपा–१० तिरतिरको भीरमा आज बिहान पहिरो जाँदा पासाङल्हामु सडक अवरुद्ध भएको छ । पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।