बल्खु तरकारी बजारमा विहानैदेखि तनाव


काठमाडाैं । काठमाडौंको बल्खुस्थित तरकारी बजारका व्यवसायीहरू आज एकाविहानैदेखि बल्खुचोकमा उत्रिएर विरोध प्रदर्शन गरिरहेका छन् । उद्योग बाणिज्य तथा आपूर्ति विभागको अनुगमन टोलीले सोमबार विहान झिसमिसेमै बल्खुस्थित तरकारी बजारमा छापा मारेपछि व्यवसायी र अनुगमन तोलीबीच झडपको अवस्था पैदा भएको र अनुगमन टोलीमाथि नै अभद्र व्यवहार गर्ने व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिएपछि विरोध प्रदर्शन शुरु गरिएको हो ।

उद्योग बाणिज्य तथा आपूर्ति विभागका अधिकृत दीपक पोखरेलको नेतृत्वमा अनुगमनका लागि गएको टोलीले बल्खु तरकारी बजारका सञ्चालक मोहन बस्नेतलाई विभागमा सोमबार नै आएर स्पष्टिकरण पेश गर्न निर्देशन दिएको बुझिएको छ । अवैधानिक रूपले कारोबार गरिएको, व्यवसाय दर्ता नगरिएको पाइएपछि सोबारे सोधपुछ गर्दा अनुगमन टोलीमाथि अभद्र व्यवहार गर्ने रवि साह नामक तरकारी व्यापारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।