फेरि कर्फ्यु लाग्याे महेन्द्रनगरमा


काठमाडौँ । कञ्चनपुरको महेन्द्रनगरमा अहिले बिहान १० बजेदेखि पुनः कर्फ्यु लागेको छ ।

रक्षाबन्धन तथा जनै पूर्णिमालाई मध्यनजर गर्दै बिहान ५ बजेदेखि १० बजेसम्म खुलेको कर्फ्यु अहिले १० बजेदेखि फेरि लगाइएको हो ।

शुक्रबार निर्मला पन्तको हत्यारालाई पत्ता लगाउन माग गर्दै भएको प्रदर्शनकाक्रममा एक बालकको ज्यान गएपछि सोही दिन साँझ ८ बजेदखि अनिश्चितकालका लागि कर्फ्यु लगाइएको थियो ।

अर्को आदेश नभएसम्मका लागि लागि कर्फ्यु जारी रहने स्थानीय प्रशासनले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।