खेलाडी सम्मानित



काठमाडौं, (नेस)
मदन भण्डारी स्पोर्टस् एकेडेमी मार्सलआर्ट बिभागले शेखकमल स्मृति अन्तर्रा्ष्ट्रिय कराँतेमा प्रतियोगितामा पदक बिजेता खेलाडी,प्रशिक्षक तथा ब्यवस्थापकलाई सम्मान गरेको छ ।

मदन भण्डारी स्पोर्टस् एकेडेमी मार्सलबाट प्रतिनीधित्व गदैे अगष्ट ५ देखि ८ सम्म गएको नेपाली टोलीले १ स्वर्ण र ५ रजत जितेको थियो । सम्मानित खेलाडीमा ६५ केजी तौलसमूहमा स्वर्ण पदक बिजेता जेमिन महर्जन रहेका छन् ।

त्यस्तै रजत बिजेता खेलाडीमा ५५ केजी तौलसमूहमा रोशन श्रेष्ठ, ६० केजी तौलसमूहमा कमल भूजेल, ६७ केजीमा जीतबहादुर श्रेष्ठ, ७० केजीमा प्रकाश थापामगर र ७५ केजी तौलसमूहमा विश्व कल्याण लामा पनि सम्मानित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्