युनाइटेडले प्रशिक्षक नफेर्ने



लन्डन, (एजेन्सी)
इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले प्रशिक्षक नफेर्ने बताएको छ ।
इंग्लिश प्रिमियर लिग अन्तर्गत गत साता ब्राइटन एण्ड होभ अल्वियनसँग ३–२ ले पराजित भएपछि युनाइटेडका प्रशिक्षक जोसे माउरिन्होको बर्खास्ती र उनका विकल्पका बारेमा इंग्लिस मिडिया र समर्थकले बहस गरिरहेका छन् । प्रिमियर लिगको दोस्रो खेलमा हार व्यहोरेपछि युनाइटेडका समर्थक प्रशिक्षक जोसे माउरिन्होप्रति आक्रोशित समेत छन् ।

जसका कारण उनलाई बर्खास्त गरेर नयाँ प्रशिक्षक भित्र्याउनु पर्ने आवाजहरु गुञ्जिन थालेका छन् । तर क्लबको बोर्डले भने माउरिन्होको विकल्प नखोजिने स्पष्ट पारेको छ ।

माउरिन्होलाई बर्खास्त गरेर जिदानलाई रोज्न समर्थकको दवाब बढेको बेला यूनाइटेडले माउरिन्हो नै यथावत रहने बताएको हो । हाल कुनै क्लबमा आवद्ध नरहेका रियल मेड्रिडका पूर्व प्रशिक्षक जिनेदिन जिदानलाई यूनाइटेडमा अनुबन्ध गर्नका लागि सुझाव आइरहेका बेला क्लबले, ‘जिदानको बारेमा किन छलफल गर्नुप¥यो ?

जब कि यहाँ प्रशिक्षकको पद खाली नै छैन’, भनेर प्रतिक्रिया दिएको छ । यता क्लबमा केही खेलाडी थप्नु पर्ने भनेर माउरिन्होले बोर्डसामु राखेको प्रस्ताव अस्वीकृत हुँदा माउरिन्हो पनि निराश छन् ।

प्रतिक्रिया दिनुहोस्