नेपाल भियतनामसँग हा¥यो

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
पालले इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुदअन्तर्गत पुरुष फुटबलमा अर्को हार बेहोरेको छ। बिहीबार भएको खेलमा नेपाललाई भियतनामले २–० गोलअन्तरले हराएको हो। समूह ‘डी’ मा रहेको नेपालको यो लगातार दोस्रो हार थियो। २३ वर्षमुनिका खेलाडीबीच हुने प्रावधान रहेको सो प्रतियोगितामा नेपालको दोस्रो चरणमा पुग्ने आस पनि यही नतिजाले समाप्त भयो। यसअघि मंगलबार भएको पहिलो खेलमा नेपाल जापानसँग सम्मानजनक १–० ले हारेको थियो। अब नेपालले अन्तिम खेलमा पाकिस्तानसँग भिड्नेछ।
इन्डोनेसियाको पश्चिम जाभास्थित विबाहा मुक्ति रंगशालामा भएको खेलको ३१औं मिनेटमा नेपालले पहिलो गोल आत्मसात गरेको थियो। ११ नम्बर जर्सीका नगुयन अन्ह डकले क्लोज रेन्जमा हेडमार्फत गोल गरेपछि नेपाल पहिलो हाफमा १–० ले पछि प¥यो। त्यस्तै नेपालले दोस्रो हाफमा गोल फर्काउन नसकेको स्थितिमा ६३औं मिनेटमा अर्को गोल बेहोर्न पुग्यो। फान भान डकले नेपाली डिफेन्डरसँग बल खोसेर २–० को अग्रतामा राखेका थिए। त्यसो त ७६औं मिनेटमा नेपालका नम्बर एक गोलकिपर किरण चेम्जोङले कंग फुओगको खतरनाक प्रहारलाई बचाएका थिए।
यो समूहबाट भियतनाम र जापान अन्तिम १६ मा पुगेका छन्। हिजै भएको अर्को खेलमा जापानले पाकिस्तानलाई ४–० गोलअन्तरले हराएको थियो। यी दुवै टोलीले लगातार दुई खेल जितेका छन्। आइतबार अन्तिम खेलमा जापान र भियतनाम शीर्ष स्थानका लागि खेल्नेछन्। नेपाल र पाकिस्तान भने इज्जत जोगाउन खेल्नेछन्।

Skip This