एथलेटिक्स टोलीको बिदाइ


इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली एथलेटिक्स टोलीलाई नेपाल एथलेटिक्स संघले मंगलबार बिदाइ गरेको छ । अगष्ट २५ र २७ तारिखमा हुने एथलेटिक्समा नेपालबाट ४ पुरुष र २ महिला गरी ६ खेलाडी सहभागी हुनेछन् । पुरुषमा यामसाजन सुनार, सोमबहादुर कुमाल, गोपीचन्द्र पार्की र कृष्ण बस्नेत रहेका छन् ।

महिलामा विश्वरुपा बुढा र सरस्वती भट्टराई छन् । सोही अवसरमा खेलाडीलाई पोशाक खर्च वापत राष्ट्रिय खेलकुद परिषद्ले उपलब्ध गराएको रकम पनि खेलाडीलाई प्रदान गरिएको थियो । नेपाल एथलेटिक्स संघका अध्यक्ष राजिवविक्रम शाहले खेलाडीलाई जनही १० हजार नगद हस्तान्तरण गरे । खेलाडीलाई ट्रयाकसुट पनि प्रदान गरिएको थियो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।